Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसले पुष्पा भुसाललाई उपसभामुख बनाउने

कांग्रेसले पुष्पा भुसाललाई उपसभामुख बनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७९ बुधवार • १८:१५:५९ बजे
  • 508
    SHARES
  • कांग्रेसले पुष्पा भुसाललाई उपसभामुख बनाउने

    नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ ।

    images

    सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको एक नेताले जानकारी दिए ।

    २०७६ फागुनमा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । यसअघि भुसाल तत्कालीन नेकपाकी तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।

    सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचनको मिति तोकिसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology