Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७९ बिहिवार • १०:५४:५० बजे
  • 688
    SHARES
  • खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

    नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् ।

    images

    नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञानको विकास गर्ने बताए ।

    ‘राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ । विज्ञानको विकासको जरो नै त्यहीँ हो’ भुसालले भने, ‘हाम्रो ब्युरोक्रेसीले हेर्यो भने नहिँड्ने गोरुलाई तराईमा खेद्छौ त्यसरी खेदेर हिँड्छ कि ?

    त्यो पूँजीवादले गर्दिने हो कि ? कसले गर्ने हो विज्ञानको विकास ? पात्र कुन हो ?’ केबल ल्यावमा बसेको साइन्टिसहरुले मात्रै विज्ञानको विकास गर्न नसक्ने भन्दै भुसालले त्यसका लागि राम्रो राजनीति हुनुपर्ने बताए ।

    ‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो चाहियो । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ’ भुसालले भने, ‘खराव पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना र उन्नत चेतना भएको हुनुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology