Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गर्भनर बचाउमा लागेको एमालेले अर्को व्यक्ति देखाउन सकेन

गर्भनर बचाउमा लागेको एमालेले अर्को व्यक्ति देखाउन सकेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७९ बिहिवार • १८:२८:३९ बजे
  • 949
    SHARES
  • गर्भनर बचाउमा लागेको एमालेले अर्को व्यक्ति देखाउन सकेन

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ तथा योजना विभागको सदस्य नहरको भन्दै नेकपा एमाले बचाउमा उत्रेको छ । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी सदस्य रहेको र उक्त एम अधिकारी गभर्नर नै रहेको भन्दै चौतर्फी आलोचना भएपछि एमाले बचाउमा उत्रेको हो ।

    images

    बुधबार एमालेले महाप्रसाद अधिकारीको नाममा पत्र लेख्दै एमालेले पार्टीको अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी फरक व्यक्ति रहेको स्पष्टीकरण दिँदै एमालेले बचाउ गरेको हो ।

    कार्यालय सचिव डा. भीष्म अधिकारीले बुधबार लेखेको पत्रमा पार्टीको सो विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ सदस्य राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएका छन् । पत्रमा भनिएको छ– ‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन ।

    तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’ बुधबार गभर्नर अधिरकारीले पत्र लेख्दै एम. अधिकारीबारे भ्रम सिर्जना भएकाले स्पष्ट पार्न एमालेसँग आग्रह गरेका थिए ।

    अधिकारीको पत्रमा जवाफ लेख्दै एमालेले एम अधिकारी भनिएका व्यक्ति गभर्नर अधिकारी नरहेको दावी गरेको हो । एमालेले विभागका सदस्य एम अधिकारी र गर्भनर अधिकारी भन्दा फरक व्यक्ति भनेता पनि ति व्यक्ति को हुन भनेर खुलाउन सकेको छैन । यसले महाप्रसाद अधिकारी नै एम अधिकारी हो भनेर आशंका व्यक्त गर्नेहरुलाई थप बल पुगेको छ ।

    महाप्रसाद गभर्नर नहुँदासम्म सोही विभागमा असली नामबाटै सदस्य थिए । तर, पछिल्लो समय उक्त विभाग गठनका क्रममा अधिकारी गर्भनर भइसकेकाले अप्ठ्यारो हुने भएपछि एम अधिकारी नाम उल्लेख गरिएको आरोप लाग्ने गरेको छ ।

    गर्भनर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका अधिकारी एमालेका सदस्य रहेको भन्दै विपक्षी दलले राजिनामा मागेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology