Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा.युवराज खतिवडालाई छायाँ अर्थमन्त्री' बनाउने प्रधानमन्त्रीको तयारी

डा.युवराज खतिवडालाई छायाँ अर्थमन्त्री' बनाउने प्रधानमन्त्रीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १३:०५:२० बजे
  • 1.4K
    SHARES
  • डा.युवराज खतिवडालाई छायाँ अर्थमन्त्री' बनाउने प्रधानमन्त्रीको तयारी

     प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँगको छलफलका क्रममा निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ भूमिका दिने बताएसँगै नेकपाभित्र छायाँ अर्थमन्त्रीको बहस सुरु भएको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकारको भूमिकामा राख्न खोजेका छन्, जसले अर्थमन्त्रालयको सञ्चालन गनेगरी जिम्मेवारी पाउने सम्भावना बलियो भएको छ ।

    images
     

    हिजो उद्योगी व्यवसायीसँगको छलफलका क्रममा ओलीले भनेका थिए, खतिवडाजीले अर्थतन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिनुभएको छ, यस्तो जटिल परिस्थितिमा पनि अर्थतन्त्रलाई नकारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रुपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’

    बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गर्न बाँकी राष्ट्रिय सभा सदस्य बनाउने बताएपछि खतिवडा बर्हिगमनमा परेका थिए । उनी अर्थमन्त्रीबाट विदा भइसकेका छन् ।

    नेकपाको विवाद समाधानका लागि गठन गरिएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अबको स्थायी कमिटीको २६ गते बस्ने बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा कम्तिमा ३ वटा मन्त्रालयमा नयाँ व्यक्तिलाई मन्त्री बनाउनु पर्ने बाध्यता प्रधानमन्त्री ओलीसँग छ ।

    उपाध्यक्ष गौतमले आफू उपप्रधानसहित अर्थमन्त्री हुने बताइसकेका छन् । त्यसैले प्रधानमन्त्री ओलीले अर्थमन्त्री दावी गरेका गौतमलाई राष्ट्रिय सभामा लैजान ढिला गरेर अर्थमन्त्री हुन नसक्ने संकेत गरेका छन् । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पुनर्गठन नहुने बताएका थिए ।

    अबको प्रमुख विकल्प छायाँ अर्थमन्त्री !

    प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्नेगरी अर्थमन्त्री बनाउने तयारी गरेका छन्, जुनकुरा स्वभाविक मान्न सकिन्छ । उपाध्यक्ष गौतमलाई अर्थमन्त्री नबनाउने संकेत प्रधानमन्त्री ओलीले दिइसकेका छन् । प्रधानमन्त्रीले अहिले अर्थ मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।

    ओली निकट स्रोतका अनुसार प्रधानमन्त्रीको आर्थिक सल्लहकारको रुपमा खतिवडालाई नियुक्त गर्ने र खतिवडामार्फत आफैले अर्थ मन्त्रालय सञ्चालन गर्ने तयारी ओलीको छ । ती नेता भन्छन्, अब अर्थमन्त्री नयाँ हुने सम्भावना कम छ । प्रधानमन्त्रीसँग भएको अर्थ मन्त्रालय उहाँसँगै रहन्छ । छायाँ मन्त्रीकोरुपमा अब खतिवडाले मन्त्रालय सञ्चालन गर्नुहुन्छ । अर्को कोही व्यक्ति अर्थमन्त्री भए पनि नीतिगत निर्णय प्रधानमन्त्रीमार्फत खतिवडाले नै गर्ने देखिन्छ ।

    प्रधानमन्त्रीको चाहना अनुसार वर्तमान अर्थमन्त्री डा.खतिवडाले निरन्तरता नपाएपछि आफू निकट भएको र अर्थमन्त्री बनिसकेको अनुभव भएका महासचिव पिौडेल प्रधानमन्त्रीको पहिलो रोजाइमा पर्ने देखिन्छ । तर, नीतिगत निर्णय भने अर्थमन्त्री जो भएपनि अब खतिवडाको भूमिका छायाँमन्त्रीका रुपमा हुने एक सचिवालय सदस्यले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology