Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रेणु यादवले दिए जसपाबाट राजीनामा

रेणु यादवले दिए जसपाबाट राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७९ बिहिवार • १८:३१:४३ बजे
  • 715
    SHARES
  • रेणु यादवले दिए जसपाबाट राजीनामा

    जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेका छन् ।

    images

    उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् ।

    उनले राजीनामा भनेका छन्- ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु ।

    तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’ यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

    पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहेका थिए । नयाँ पठाइएका मन्त्री समावेशी नभएको र एक जना पनि महिला नभएकोमा उनको आपत्ति रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology