Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेले ‘एम अधिकारी’ बनाउन खोजेको युवा वेपत्ता भएपछि एमाले तनावमा

एमालेले ‘एम अधिकारी’ बनाउन खोजेको युवा वेपत्ता भएपछि एमाले तनावमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७९ बिहिवार • १८:५१:४२ बजे
  • 7.2K
    SHARES
  • एमालेले ‘एम अधिकारी’ बनाउन खोजेको युवा वेपत्ता भएपछि एमाले तनावमा

    नेकपा एमालेले गर्भनर महाप्रसाद अधिकारीलाई अर्थ तथा योजना विभागको सदस्य बनाएको तथ्य बाहिरिएपछि एमाले र गर्भनर स्वयम अप्ठ्यारोमा परेका छन् ।

    images

    एमालेले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै व्यक्ति नभएको जनाए पनि विभिन्न तथ्यहरुले एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन भन्ने पुष्टि गरेको छ । सँगै एमाले अप्ठ्यारोमा परेको छ ।

    गर्भनरलाई जोगाउन नक्कली एम अधिकारीको खोजिमा जुटेको एमालेलाई अर्को झमेला आइलागेको छ । अनलाइन न्यूज पोर्टल लोकान्तरका अनुसार एमालेले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारीको रुपमा सार्वजनिक गर्न लागेको थियो । तर, अहिले मनोज सम्पर्कविहीन छन् ।

    लोकान्तरले लेखेको समाचारअनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारोमा पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुपर्याे, त्यसबापत पछि पार्टीले हेर्छ’ भनेपछि मनोज एम अधिकारी बन्न तयार भएका थिए । तर, साथीभाईले ‘फस्लास है भनेपछि’ मनोज सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ ।

    सुरुमा एम अधिकारी बन्न तयार भएका मनोज सम्पर्कविहीन भएपछि एमाले तनावमा परेको छ । त्यसैले ‘एम’बाट नाम आउने अधिकारी थरका अर्का व्यक्तिको खोजिमा एमाले लागेको बुझिएको छ ।

    मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएको बताइएको छ । वि.सं. २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology