Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

डा. बाबुराम भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त

डा. बाबुराम भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:१०:३० बजे
  • 781
    SHARES
  • डा. बाबुराम भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाहीसँगै पदमुक्त गरेको छ ।

    images

    बिहीबार वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले पार्टी विभाजनमा लागेको आरोप लगाउँदै डा. भट्टराईसहित ९ जनालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।

    पदमुक्त हुनेहरुमा डा. भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् ।

    डा. भट्टराई पक्षले भने मंगलबार र बुधबार काठमाडौंमा बैठक बसेर जसपाबाट अलग भइ नयाँ पार्टी गठन गर्ने निर्णय गरिसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology