Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संघीय संसदले आज उपसभामुख पाउँदै

संघीय संसदले आज उपसभामुख पाउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:२३:०६ बजे
  • 808
    SHARES
  • संघीय संसदले आज उपसभामुख पाउँदै

    प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ ।

    images

    २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद खाली थियो । जसका लागि आज निर्वाचन हुँदैछ । मतदानको समय दिउँसो तीन बजेलाई निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

    नेपाली कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उपसभामुखको उम्मेदवार छन् । भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ ।

    हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology