Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल श्रीलङ्का हुनै सक्दैन:विज्ञ

नेपाल श्रीलङ्का हुनै सक्दैन:विज्ञ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • ०९:५५:२८ बजे
  • 862
    SHARES
  • नेपाल श्रीलङ्का हुनै सक्दैन:विज्ञ

    आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा हिँड्न थालेको भनेर टीकाटिप्पणी भइरहेका बेला आर्थिक र सामाजिक, अनुसन्धानमा सक्रिय विज्ञहरूले भने नेपालको अवस्था अहिले त्यस्तो आइनसकेको बताएका छन् ।

    images

    नेपालमा विदेशी मुद्राको सञ्चिति र ऋणको भार हेर्दा नेपाल कुनै पनि दृष्टिबाट श्रीलङ्काको आर्थिक दुर्गति बेहोर्ने अवस्थामा नरहेको उहाँको भनाइरहेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल र वरिष्ठ अधिवक्ता सविता भण्डारीले नेपालको अर्थतन्त्र प्रचार गरिए जस्तो जोखिममा नरहेको बताउनुभयो ।

    राजनीतिशास्त्री एवं समाजशास्त्री हरि शर्माले अर्थतन्त्रको स्थायित्वका लागि सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।पूर्वसचिव खनालले भन्नुभयो, “वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी गर्न अहिलेका निम्ति जति पनि तिर्नुपर्ने दायित्व छ, हाम्रो कुल सञ्चितिको ३ प्रतिशत मात्रै खर्च गरे पुग्छ ।

    वर्षमा ४५ अर्ब तिर्नुपर्ने हो ।” उहाँका अनुसार मुलुकमा सञ्चिति अहिले पनि ११ सय अर्बको छ । उहाँले राजस्वको लक्ष्य आगामी आर्थिक वर्षलाई १ हजार २४० अर्बको गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक ऋण तिर्न राजस्वको ठूलो हिस्सा यसका लागि प्रयोग गर्नुपर्दैन ।

    त्यसैकारण हामी अन्तर्राष्ट्रिय ऋण तिर्न नसकेका कारणले टाट पल्टिने अवस्थामा छँदै छैनौँ ।” नेपाल वैदेशिक ऋणका सवालमा आगामी पाँच वर्षका लागि सुरक्षित रहेको पूर्वसचिव खनालको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हाम्रो विदेशी ऋणको कुल भार ९८० अर्ब बराबरको रकम हो । त्यो पनि हामीले सहुलियत कर्जा लिएको हुनाले खासमा हामीले तिर्नुपर्ने भएका ४८० अर्बभन्दा बढी तिर्नुपर्दैन ।”

    याे खबर गाेरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology