Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुसले यसै साता कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने

रुसले यसै साता कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १३:०८:५३ बजे
  • 3.3K
    SHARES
  • रुसले यसै साता कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने

    एजेन्सी । कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारीकाबीच विश्वभरका वैज्ञानिकदेखि लिएर सामान्य मानिसहरुसम्म यसविरुद्धको खोपको प्रतिक्षामा छन ।

    images
     

    खोप कहिले आउला र कोरोना संक्रमणबाट मुक्त हुन पाइएला भन्ने तरंग सबैको दिन दिमागमा घुमिरहेको छ । यसैबीच रुसले यसै साता कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने भएको छ ।

    कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ लाई यसै साता सर्वसाधारणका लागि उपलब्ध गराइने रसियन एकेडेमी अफ साइन्सेजका डेपुटी डाइरेक्टर डेनिस लोगुनोभले बताएका हुन ।

    उनका अनुसार रसियाली स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त हुनासाथ यो खोपको सार्वजनिक प्रयोग सुरु गरिनेछ । स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष संलग्नतामा ‘स्पुतनिक भी’ भ्याक्सिनको अन्तिम परीक्षण चलिरहेको र परिणामसमेत राम्रो आएकाले छिट्टै यो खोपको सार्वजनिक प्रयोगको अनुमति मिल्ने लोगुनोभले विश्वास ब्यक्त गरे ।

    उनका अनुसार १० देखि १३ सेप्टेम्बरको बीचमा नागरिक उपयोगका लागि यो भ्याक्सिनले अनुमति पाउने छ । यो खोपलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्तमा सार्वजनिक गरेका थिए ।

    ‘स्पुतनिक भी’ भ्याक्सिन मस्कोस्थित गामलेया रिसर्च ईन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले मिलेर एडेनोभाइरसलाई आधार बनाएर विकास गरेका हुन । यो भ्याक्सिनको जुन र जुलाईमा दुईवटा परीक्षण भैसकेका छन ।

    ति परीक्षणमा ७६ जना स्वयंसेवकहरु सहभागी भएका थिए । परीक्षणको नतिजा अनुसार सबै सहभागीको शरीरमा कोरोना भाइरसलाई नष्ट गर्न सक्ने १०० प्रतिशत एण्टीबडीको विकास भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology