Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शिल्पा शेठ्ठीका पति राज कुन्द्राले गरे अभिनयमा डेब्यु

शिल्पा शेठ्ठीका पति राज कुन्द्राले गरे अभिनयमा डेब्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १३:५६:२६ बजे
  • 1.1K
    SHARES
  • शिल्पा शेठ्ठीका पति राज कुन्द्राले गरे अभिनयमा डेब्यु

    मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका हुन् ।

    images

    गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका कुन्द्राले फिल्ममा पनि कैदीकै भुमिकामा अभिनय गरेका छन् । सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक्ट्रीमा थियो ।

    फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

    आर्थर रोड जेलमा जब उनी थिए, त्यहाँ जे कुरा उनीमाथि भयो, त्यसलाई फिल्मको कथामा देखाइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको सेकेण्डरी कास्टमा अरु कोही छैनन् ।

    फिल्मको चर्चा बढी नहोस् भनेर राजले कोही कलाकार लिएनन्’, फिल्म निकट स्रोतले भनेको छ । फिल्मका कास्ट एण्ड क्रु पनि एक दुई वटा फिल्ममा काम गर्ने मात्र छन् ।

    ब्यानरको नाम द बिगर पिक्चर हो । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

    गत वर्ष राजमाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । यो मुद्धामा मुम्बई प्रहरीले राजसहित १० व्यक्तिलाई आरोपी बनाएको थियो । सबैविरुद्ध चार्जशिट दायर भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology