Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेले अहिलेसम्म एक पैसा पनि विदेशीबाट लिएको छैन:ओली

एमालेले अहिलेसम्म एक पैसा पनि विदेशीबाट लिएको छैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १९:३९:४५ बजे
  • 880
    SHARES
  • एमालेले अहिलेसम्म एक पैसा पनि विदेशीबाट लिएको छैन:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले विदेशीको पैसा स्थानीय तहको निर्वाचमा चर्ख गरेको गम्भीर आरोप लगाएका छन् ।

    images

    सनिबार कठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीमा बोल्दै ओली सत्तारुढ दललाई विदेशीको पैसामा चुनाव लडेको आरोप लगाएका हुन् ।

    ओलीले भने– ‘नेकपा एमालेले अहिलेसम्म एक पैसा पनि विदेशीबाट लिएको छैन । स्थानीय तहको निर्वाचनमा त्यत्रो पैसा खर्च गरे त्यो कहाँबाट आयो होला ? यो देशको पैसाले त पुग्दैन ।’

    अध्यक्ष ओलीले वर्तमान गठबन्धका कारण नै देश संकटमा रहेको समेत बताएका छन् । सत्ता गठबन्धनले सत्ताकै लागि राष्ट्रलाई तल पार्ने काम गर्दै आएकोले यस्तो गठबन्धन खारेज हुनुपर्ने धारणा राखे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology