Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वामपन्थी शक्तिबीच तालमेल गर्न ओलीलाई नारायणकाजीको आग्रह

वामपन्थी शक्तिबीच तालमेल गर्न ओलीलाई नारायणकाजीको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १९:४२:५४ बजे
  • 847
    SHARES
  • वामपन्थी शक्तिबीच तालमेल गर्न ओलीलाई नारायणकाजीको आग्रह

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् ।

    images

    शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता श्रेष्ठले त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न नेताहरुलाई आग्रह गरे ।

    देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने नेता श्रेष्ठले बताए ।

    त्यस्तै, मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’

    ‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं । कतिपय भोलि गरे हुने भए पछाडि गरौंला’, उनले भने, ‘अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं ।

    म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology