Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका सबै कार्यक्रम बिथोल्ने चेतावनी

गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका सबै कार्यक्रम बिथोल्ने चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७९ आइतवार • १२:२३:१८ बजे
  • 610
    SHARES
  • गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका सबै कार्यक्रम बिथोल्ने चेतावनी

    नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए ।

    images

    बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’

    कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology