शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।
जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। जसमा ८ महिला र ४० पुरुष रहेका छन्।