Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर २ सेप्टेम्बरमा कुवेत आउदै

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर २ सेप्टेम्बरमा कुवेत आउदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १, २०७९ आइतवार • २०:५७:०९ बजे
  • 2.6K
    SHARES
  • चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर २ सेप्टेम्बरमा कुवेत आउदै

    कुवेत - चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर हरितालिका तीज विशेष कार्यक्रमको लागि कुवेत आउने भएकी छिन ।

    images

    नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले मयूरपाटीलाई जानकारी दिएका छन ।

    नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ । तर गत वर्षभने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेको थिएन ।

    नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन । 'हाम्रो संस्कृति हाम्रो पहिचान' भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

    हरितालिका तीज विशेष सांगीतिक धमाका कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल विभिन्न संघ- सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलाड्मी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्न अध्यक्ष बरालले आग्रह गरेका छन । कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु कार्यक्रममा उपस्थित भई  कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ । उक्त दिन कुनै पनि संघ - सस्थाले कार्यक्रम नजुधाई दिन समेत अध्यक्ष बरालले आग्रह गरेका छन ।

    प्रवासमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकारहरुले आफ्नो कला र गलालाई निरन्तर प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल मोहितलाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग समेत सम्पर्क गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले आग्रह गरेको छ ।

    हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम निम्न मिति सयम र स्थानमा हुनेछ ।

    मिति :- ०२ सेक्टेम्वर २०२२ ,शुक्रबार
    समय :- दिनको ठीक ०१ बजे
    स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत 

    आयोजक :-  नेपाल कुवैत सांस्कृतिक मंच

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology