Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नागढुङ्गामा सवारी स्क्यानिङ मेसिन जडान गरिंदै

नागढुङ्गामा सवारी स्क्यानिङ मेसिन जडान गरिंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७९ सोमवार • १२:३५:१२ बजे
  • 943
    SHARES
  • नागढुङ्गामा सवारी स्क्यानिङ मेसिन जडान गरिंदै

    काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेखका लागि अत्याधुनिक उपकरण जडान गरिने भएको छ । अहिले भित्रिने र बाहिरिने सवारी साधनको दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् ।

    images

    आशङ्का लागेका सवारी तथा यात्रुलाई खानतलासी पनि उनीहरूले नै गरिरहेका छन् । चन्द्रागिरि नगरपालिकाले देशमै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको हो ।

    यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ ।

    ‘सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ,’ मेयर घनश्याम गिरीले भने, प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’

    यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको मूल्य २ करोड ५० लाख पर्ने जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology