Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७९ सोमवार • २०:२१:२० बजे
  • 844
    SHARES
  • एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

    अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

    images

    सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।

    पोखरेलले एआइजी पूजा सिंह मार्फत सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

    सरकारले धीरजप्रतापलाई आईजीमा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिएका हुन् ।

    २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

    सर्वोच्चमा हालेको रिट हालेपछि पोखरेलले बिदा बस्दै आएका थिए । उनले बिदा माग गर्दै फारम पेस गरे पनि आईजी सिंहले बिदा स्वीकृत गरेका छैनन् ।

    प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिएका हुन् । बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधा समेत नपाउने हुँदा पोखरेलले राजीनामा दिएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology