Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वामपन्थीको एउटै पार्टी बनाउन बाबुराम सकारात्मक

वामपन्थीको एउटै पार्टी बनाउन बाबुराम सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • १६:२६:५३ बजे
  • 976
    SHARES
  • वामपन्थीको एउटै पार्टी बनाउन बाबुराम सकारात्मक

    पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता बाक्लिएको छ । केही समय अगाडि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा भेटवार्ता भएको थियो । त्यसै भेटको निरन्तरतामा मंगलबार प्रचण्ड–बाबुरामबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    images

    प्रचण्ड–बाबुराम भेटका क्रममा विषयमा छलफल हुने गरेको छ । सिंहदरबारको भेटमा उनीहरुबीच वामपन्थी शक्तिहरुबो एउटै पार्टी निर्माण विषयमा छलफल भएको छ । त्यसैगरी एउटै पार्टी बनाउन नसके पनि वर्तमान सत्ता गठबन्धनमा सँगै अघि बढ्ने विषयमा छलफल भएको हो ।

    मंगलबारको भेटमा एउटै पार्टी बनाएर अघि बढ्न भट्टराई सहमत भएको एक माओवादी नेताले जानकारी दिएका छन् । ति नेताले भने– ‘डा. भट्टराई वामपन्थीहरुको एउटै पार्टी बनाएर अघि बढ्न तयार हुनु भएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा उहाँ सकारात्मक हुनुहन्छ । तर, को–को मिलेर कस्तो पार्टी बनाउने भन्नेमा छलफल गर्नुपर्ने भट्टराईको धारणा रहेको छ ।’

    प्रचण्ड–बाबुरामबीच दोस्रो विकल्पमा पनि छलफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर नयाँ पार्टी गठनको प्रकृयामा रहेका भट्टराईले सबै वामपन्थीहरुको एउटै पार्टी बनाउन नसके पनि वर्तमान गठनबन्धनमै रहेर अघि बढ्न तयार रहेको प्रचण्डसँगको भेटमा बाबुरामले भनेका छन् ।

    प्रचण्ड–बाबुराम भेटमा सहभागी एक माओवादी नेताले भने– ‘उहाँहरुबीच पहिला सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने विषयमा सहमति भएको छ । तत्काल त्यो सम्भव नभए बाबुरामको नेतृत्वमा गठन हुने नयाँ पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सँगै लेजाने कुरा भएको छ ।’ प्रचण्ड–बाबुरामबीच समाजवादी केन्द्र बनाउने विषयमा पनि छलफल हुने गरेको छ ।

    सबै वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउनका लागि समाजवादी केन्द्र उत्तम विकल्प हुनसक्नेमा दुवै नेता सकारात्मक छन् । पछिल्लो समय वामपन्थी शक्तिहरुबीचको छलफलले पनि तीब्रता पाएको छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतमले नेतृत्व गरेको शक्ति र भट्टराई नेतृत्वको शक्तिबीच विभिन्न चरणमा छलफल हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बाबुराम सकारात्मक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology