Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा

तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • १९:१८:०९ बजे
  • 478
    SHARES
  • तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ ।

    images

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नाराणकाजी श्रेष्ठ सहभागी छन् ।

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् भने नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।

    उनीहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुने बताइएको छ । भेटवार्तामा तत्कालीन नेकपामा नौ सचिवालय सदस्यमाध्ये बहुमत छलफलमा सहभागी भएका छन् ।

    प्रचण्ड, नारायणकाजी, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम तत्कालीन नेकपा सचिवालय सदस्य थिए । तत्कालीन नेकपा सचिवालय सदस्यहरू केपी शर्मा ओली, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा भने एमालेमा सक्रिय छन् ।

    आजै माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology