Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सत्तारूढ विद्यार्थीद्वारा गभर्नरविरूद्ध आन्दोलन घोषणा

सत्तारूढ विद्यार्थीद्वारा गभर्नरविरूद्ध आन्दोलन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • १९:२१:५४ बजे
  • 556
    SHARES
  • सत्तारूढ विद्यार्थीद्वारा गभर्नरविरूद्ध आन्दोलन घोषणा

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ गठबन्धनमा रहेका दलका तीन भ्रातृ विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।

    images

    एम अधिकारीको नाममा गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागमा बसेको आरोप लगाउँदै उनीहरूले राजीनामा माग गरेका छन् ।

    उनीहरूले साउन ३ मा प्रधानमन्त्री र सभामुखलाई गभर्नर बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने बताएका छन् । साउन ४ मा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयमा कालो ब्यानर राख्ने उनीहरूको कार्यक्रम छ ।

    साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन, साउन ६ मा क्याम्पसहरूमा विरोध प्रदर्शन र साउन ७ मा गभर्नर बर्खास्तीका लागि सांसदलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम तय भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology