Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जनार्दन शर्मा प्रकरण : सीसीटीभी फुटेज रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

जनार्दन शर्मा प्रकरण : सीसीटीभी फुटेज रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १०:०९:५९ बजे
  • 676
    SHARES
  • जनार्दन शर्मा प्रकरण : सीसीटीभी फुटेज रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

    बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ ।

    images

    इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो । बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ ।

    विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए ।

    अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो ।

    याे खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology