Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विध्यार्थी संगठनको प्रदर्शन

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विध्यार्थी संगठनको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १३:५९:३६ बजे
  • 937
    SHARES
  • गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विध्यार्थी संगठनको प्रदर्शन

    नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

    images

    गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेर विराेध प्रदर्शन गरेका हुन् ।

    गभर्नर अधिकारी एम. अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरको राजीनामा माग्दै गत सातादेखि आन्दोलन गर्दै आएका छन् ।

    यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology