Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • ०९:५६:५८ बजे
  • 655
    SHARES
  • बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

    लण्डन । कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।

    images

    प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान लिन सत्तारुढ कञ्जरभेटिभ दलभित्र सांसदहरुबीच उम्मेदवार चयनका लागि भएको मतदानबाट सुनक र लिज उम्मेदवार चयन भएका हुन् ।

    संसदीय दलमा भएको पाँचौं तथा अन्तिम मतदानमा सुनक १३७ मतसहित अग्रस्थानमा आए भने ट्रस ११३ मतसहित दोस्रो भएकी छन् ।

    संसदीय मतदानको क्रम पूरा भएकाले अब कञ्चरभेटिब दलका १ लाख ६० हजार सदस्यहरुले प्रत्यक्ष मतदानबाट दलको नेता चयन गर्ने छन् ।

    भारतीय मूलका ऋषि सुनकले आर्थिक पुनरुत्थान र युरोपेली युनियनसंग बाँकी रहेका समस्या समधानलाई मुख्य मुद्दा बनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology