Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो कोरोना : २४ घण्टामा ८ लाखमा संक्रमण, १६ सय बढिको मृत्यु

बढ्यो कोरोना : २४ घण्टामा ८ लाखमा संक्रमण, १६ सय बढिको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • १०:००:३२ बजे
  • 667
    SHARES
  • बढ्यो कोरोना  : २४ घण्टामा ८ लाखमा संक्रमण, १६ सय बढिको मृत्यु

    पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ ।

    images

    वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन् ।

    कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ ।

    विश्वमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # १६ सय बढिको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology