नेपाली बजारमा सुनको भाउ एकै दिन तोलामा १ हजार रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहिबार एक हजार रुपैँयाले घटेर छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन ९२ हजार ५ सयमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि घटेर एक हजार १५५ रुपैँयामा मा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी तोलाको एक हजार १६५ मा कारोबार भएको थियो ।