Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सैन्य चासो सिमित रहँदैन:रुस

अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सैन्य चासो सिमित रहँदैन:रुस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • १२:१९:३२ बजे
  • 655
    SHARES
  • अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सैन्य चासो सिमित रहँदैन:रुस

    युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन् ।

    images

    पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएको भन्दै मस्कोको रणनीति परिवर्तन गरेको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

    अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पु¥याउनुपर्ने उनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

    यसअघि अमेरिकाले रुसमाथि थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको आरोप लगाएको थियो । युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसी भाषीहरूले नरसंहार भोगेको र उनीहरूको स्वतन्त्रता आवश्यक रहेको झुटो दाबीसहित गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । पाँच महिनाको समयावधिमा रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ ।

    यद्यपि, किएभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा रुस सफल भएको छैन । फेबु्रअरीदेखि नै पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसी सेनाविरुद्ध प्रतिरक्षाका निम्ति अस्त्रहरू प्रदान गरिरहेका छन् । त्यस्तो सहयोगले रुसलाई आफ्नो लक्ष्य विस्तार गर्न बाध्य तुल्याएको लाभ्रोभको भनाइ छ ।

    ‘हामीले युक्रेनी राष्ट्रपति भोलोदिमिरे जेलेन्स्कीले नियन्त्रणमा राखेको युक्रेनको भूभागमा हाम्रो क्षेत्रलाई प्रत्यक्ष खतरामा पार्ने अस्त्रहरू राख्न दिन सक्दैनौँ’ लाभ्रोभले रुसी सञ्चारमाध्यमका प्रख्यात टिप्पणीकार मार्गरिटा सिमोनियनसँगको अन्तर्वार्तामा भनेका छन् ।

    सिमोनियन प्रसारण संस्था आरटीका प्रधान सम्पादक हुन् । लाभ्रोभले विशेषगरी हिमर्स नामक लामो दूरीमा प्रहार गर्ने रकेट प्रणालीलाई जोड दिएको समाचारमा जनाइएको छ । पछिल्लो समय अमेरिकाले उपलब्ध गराएका ती अस्त्रको सहयोगमा युक्रेनले केही सफलता प्राप्त गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology