Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्थापित विधि र पद्धतिकै आधारमा बजेट निर्माण गरिएको हो : शर्मा

स्थापित विधि र पद्धतिकै आधारमा बजेट निर्माण गरिएको हो : शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • १२:४७:२३ बजे
  • 526
    SHARES
  • स्थापित विधि र पद्धतिकै आधारमा बजेट निर्माण गरिएको हो : शर्मा

    पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नगराएका बताएका छन् ।

    images

    बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

    आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    सोही दिन बजेट निर्माण प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले उक्त प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिसँग सोधपुछ गर्ने क्रममा बिहीबार शर्मासँग सोधपुछ गरेको हो ।

    उनले बजेट निर्माणमा मन्त्रालयका अधिकारीबाहेक अन्य असम्बन्धित व्यक्ति कोही संलग्न नभएको दोहोर्याएका हुन् । स्थापित मूल्य, मान्यता, विधि र पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology