Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जनार्दन शर्मा प्रकरण- आज पनि छानविन समितिको बैठक बस्दै

जनार्दन शर्मा प्रकरण- आज पनि छानविन समितिको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • १०:१५:०९ बजे
  • 982
    SHARES
  • जनार्दन शर्मा प्रकरण- आज पनि छानविन समितिको बैठक बस्दै

    बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।

    images

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

    हिजो निवर्तमान अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको थियो । साथै उक्त समितिले यसअघि मन्त्रालयको कर्मचारी र पत्रकारसंग पनि छोधपुछ तथा छलफल गरेको थियो ।

    समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको छ ।

    जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology