Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • १०:२७:१० बजे
  • 805
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

    वाशिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण भएको छ ।

    images

    उनी कोरोनाको संक्रमीत भएको ह्वाइट हाउसका प्रवक्ताले पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ ।

    ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन कोरोनाबाट सङ्क्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।

    ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिँदै आएका छन् ।

    उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology