Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मौद्रिक नीति आउँदै

मौद्रिक नीति आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • १०:३४:१७ बजे
  • 610
    SHARES
  • मौद्रिक नीति आउँदै

    चालु आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

    images

    राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

    आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन शुक्रबार बिहान आठ बजे सञ्चालक समितिको बैठक बोलाइएको छ  ।आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी लगायतलाई ब्रिफिङ गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो हुने संकेत राष्ट्र बैंकले दिइसकेको छ ।

    ब्याजदर बढ्ने, घरजग्गा र गाडी खरिदमा कडाइ, बिलासी वस्तुको आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भइरहेको छ ।

    यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मौद्रिक नीति आउँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology