Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ०९:४५:५८ बजे
  • 1.1K
    SHARES
  • फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

    सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

    images

    नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ ।

    त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

    उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८।३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौंबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ । यसअघि २ सय ८३ थियो । त्यस्तै काठमाडौंबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ ।

    काठमाडौं जिरी किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ रुपैयाँ पुर्याइएको छ । त्यसैगरी काठमाडौं–नारायणगढ(हेटौडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकोमा अब ६ सय ६४ कायम गरिएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # फेरि बढ्यो बस भाडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology