Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्ड र नारायणकाजी सर्लाही जाँदै

पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्ड र नारायणकाजी सर्लाही जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ०९:४९:५३ बजे
  • 634
    SHARES
  • पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्ड र नारायणकाजी सर्लाही जाँदै

    नकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्लाही जाँदै छन् ।

    images

    आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही जान लागेको हो । दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ ।

    सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् ।

    आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट गाउँपालिका रहेको सर्लाहीको क्षेत्र नं ३ माओवादी केन्द्रको आफ्नो बलियो आधारका रुपमा लिइन्छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड र नारायणकाजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology