Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउने

युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ०९:५३:१२ बजे
  • 1.1K
    SHARES
  • युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउने

    टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

    images

    सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

    सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् ।

    संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै,,ब्ल्याकसी मार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ। जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

    सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।

    युक्रेनी अन्नको विश्वव्यापी अभावले खाद्यान्नको मूल्य बढेको छ र लाखौंलाई भोकमरीको जोखिममा पारेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology