Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ११:३५:३४ बजे
  • 772
    SHARES
  • निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

    images

    जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।

    ‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, ‘पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ ।

    आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’ पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह विना हिचकिचाहट जिम्मेवारी दिने प्रचण्डले बताए ।

    पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए । नागरिकता संशोधन विधेयक माओवादीकै जोडबलमा संसदबाट पास हुन लागेको प्रचण्डले बताए ।

    ‘मैले संसदमा नागरिकता विद्येयक पेश गरेर हल गरिनेछ भनेको थिए । हाम्रै जोडबलमा अहिले नागरिकका समस्याका विषयमा निर्णय हुँदैछ ’ प्रचण्डले भने, ‘त्यसमा हाम्रो पार्टीले ह्वीप पनि जारी गरेको छ । म उपस्थित हुन जानुछ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology