Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पुष्पलालको शिक्षाबाट नेकपा समाजवादी पार्टी निर्माण गरेका छौँ : अध्यक्ष नेपाल

पुष्पलालको शिक्षाबाट नेकपा समाजवादी पार्टी निर्माण गरेका छौँ : अध्यक्ष नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ११:५३:५७ बजे
  • 568
    SHARES
  • पुष्पलालको शिक्षाबाट नेकपा समाजवादी पार्टी निर्माण गरेका छौँ : अध्यक्ष नेपाल

    नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

    images

    शनिबार पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन् । आत्तिनुपर्ने कुनै कारण छैन ।

    नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं ।’

    उनले पुष्पलाल अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित देश र जनताको निमित्त केन्द्रित भएको बताए । कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत उनले बताए ।

    कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology