Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘मिस युनिभर्स नेपाल’मा चयन भएकी डा. आयुष्नोभा

‘मिस युनिभर्स नेपाल’मा चयन भएकी डा. आयुष्नोभा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • १४:१६:२४ बजे
  • 1.8K
    SHARES
  • ‘मिस युनिभर्स नेपाल’मा चयन भएकी डा. आयुष्नोभा

    मिस युनिभर्स नेपाल–२०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन् । उनीहरु सबै अनलाइन अडिसनबाट चयन भएका हुन् ।

    images

    जसमा डक्टर आयुष्नोभा ढुंगाना पनि चयन भएकी छन् । यी ३९ जनामा बहुसंख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डक्टर आयुष्नोभा ढुंगाना पनि नयाँ अनुहार हुन् । तर, उनीसँग आफ्नो क्षेत्रको विज्ञता छ । आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी हुन् ।

    बंगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीहरुको सेवा गरिरहेकी छन् । हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् ।

    छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताएकी छिन् । यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छन्, ‘एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छ’ उनले भनिन् ।

    नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलोपटक नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिइन् । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफु मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताएकी छन् ।

    उनकी आमा रोशनी केसी फिल्म निर्माता तथा नायिका हुन् । बुबा अँगद ढुँगाना व्यबसायी हुन् । दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाले बताएकी छिन् । मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाईनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् ।

    आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाको कथन छ । डाक्टर आयुष्नोभाको कथनमा नेपालमा मिस युनिभर्स, मिस वल्र्ड नेपाललाई राज्यले सहयोग गरेको छैन । प्रतियोगी नारीले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउनेहुँदा नेपाली प्रतियोगीहरुलाई राज्यले सघाउनु पर्ने, हौसला दिनुपर्ने सुझाब आयुष्नोभाको रहेको छ ।

  • सम्बन्धित विषय:

  • # डा. आयुष्नोभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology