Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेर फायर गरेको चिनियाँ दावी

भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेर फायर गरेको चिनियाँ दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • ०८:१८:५४ बजे
  • 5.4K
    SHARES
  • भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेर फायर गरेको चिनियाँ दावी

    एजेन्सी । चीन र भारतीय सीमामा तैनाथ भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेको चीनले आरोप लगाएको छ । एलएसी पार गरेका भारतीय सेनाले चिनियाँ सेनामाथी चेतावनी स्वरुप गोली चलाएको पनि चिनियाँ सेनाले दावी गरेको छ ।

    images
     

    चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितीलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ ।

    भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जनाएको छ ।

    चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले भने, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाडको इलाकामा प्रवेश गरे ।’

    उनका अनुसार भारतीय सेनाको यो कदमले दुबै पक्षबीच बनेको गम्भीर उल्लंघन भएको छ भने यसले त्यस क्षेत्रमा तनाव बढाएको छ ।

    प्रवक्ता जांगले भने, ‘यस प्रकारको खतरनाक क्रियाकलाप गर्न तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरेका छन् उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस्, सीमामा तैनाथ सैनिकलाई नियन्त्रणमा राखियोस्, यो विषयलाई गम्भीरताका साथ अनुसन्धान गरियोस् । जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिइयोस् र अब उप्रान्त यस्ता घटना नदोहोरिने सुनिश्चित पनि गरियोस् ।’

    चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले जुनसुकै अवस्थामा पनि आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने बताएकाे बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology