Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १०:२२:१३ बजे
  • 1.0K
    SHARES
  • कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ ।

    images

    पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology