Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १०:२८:०४ बजे
  • 664
    SHARES
  • नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

    नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्।

    images

    आर्थिक वर्ष २०७८\०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ।

    त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ। फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

    प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ। आव २०७७\०७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै आव २०७६\०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ।

    यसरी रेमिट्यान्स भित्रिए पनि ७८.९ प्रतिशत रकम दैनिक गुजारा चलाउनकै लागि खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको रिपोर्टले जनाएको छ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology