Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेभित्र अवसरवादी प्रवृत्ति मौलायो : शंकर पोखरेल

एमालेभित्र अवसरवादी प्रवृत्ति मौलायो : शंकर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १०:५२:०० बजे
  • 682
    SHARES
  • एमालेभित्र अवसरवादी प्रवृत्ति मौलायो : शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन नपाएकाले कर्णालीका जनताले संघीयताको महशुस गर्न नसकेको बताएका छन् । एमालेले कर्णाली प्रदेश सरकार बनाए रूपरंग फेरिने उनले दाबी गरे ।

    images

    आइतबार प्रेस चौतारी सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले भने, ‘एमालेले कर्णाली सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रुपरंग फेरिन्थ्यो ।

    कर्णाली पछाडि पर्नुमा एमाले जिम्मेवार होइन, अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्न यहाँका नेता कार्यकर्ताहरुमा कआग्रह गर्दछु ।’

    उनले एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न आग्रह गर्दै एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको बताए । नेता पोखरेलले भने, ‘हाम्रा नेता कार्यकर्ताको बानी बिग्रेको रहेछ, टिकट पाए जिताउँछु भन्नुपर्ने ठाउँमा म भए ठिक, नभए बेठीक भन्ने प्रवृत्ति देखियो ।’

    यस्तै, उनले कांग्रेसले गठबन्धन गरेर केही धेरै सिट जितेको उनको भनाइ छ । एकल हिसावले हेर्दा एमालेले धेरै मत ल्याएको उनको दाबी छ ।

    यस्तै, अर्को प्रशंगमा उनले सरकारले हतारमा नागरिकता विधेयक पारित गर्नु सरकारको नलायकीपन भएको टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology