Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वायुसेवा निगममा नक्कली एजेन्सीसँग सम्झौता गरेर भ्रष्टाचार

वायुसेवा निगममा नक्कली एजेन्सीसँग सम्झौता गरेर भ्रष्टाचार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १४:२२:२१ बजे
  • 853
    SHARES
  • वायुसेवा निगममा नक्कली एजेन्सीसँग सम्झौता गरेर भ्रष्टाचार

    प्रतिस्पर्धी कम्पनीको ‘प्रोक्सी एजेन्सी’लाई पिक सिजनमै नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाज चार्टर्ड अनुमति दिएर आफ्नो उडान नभरी मिलेमतोमा लाखौं नोक्सानी पारिएको खुलेको छ ।

    images

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले समिट एयरका सन्चालकको ‘प्रोक्सी एजेन्सी’सँग पोखरा–जोमसोम–पोखरा र काठमाडौं–लुक्ला–काठमाडौंलगायतका रुटमा चार्टर्ड सम्झौता गर्दा निगमलाई घाटा भएको पाइएको हो । निगमका अध्यक्ष अधिकारीमाथि छानबिन गर्न गठिन समितिले पर्यटकीय गन्तव्यमा पिक सिजनका बेला ‘प्रोक्सी एजेन्सी’मार्फत चार्टर्ड उडान गर्दा निगमलाई घाटामा पारिएको ठहर गरेको छ ।

    यसै वर्षको मार्च महिनादेखि निगम र शुभ टुर्स एण्ड ट्राभल्स प्रालिबीच विभिन्न जिल्लामा चार्टर्ड उडान भर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा निगमको तर्फबाट वाणिज्य विभागका प्रमुख जनकराज कालाखेती र शुभ ट्राभल्सका तर्फबाट निर्देशक सन्जिमा शर्माले हस्ताक्षर गरेका छन् ।

    शुभ ट्राभल्स समिट एयरको ‘प्रोक्सी एजेन्सी’ हो । सन्जिमा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीको स्वकीय सचिव हुन् । यस्तै, पिक महिना मार्च, अप्रिल र मेमा पोखरा–जोमसोम–पोखरा उडान निगमले आफैं भर्न सक्ने भएपनि प्रोक्सी एजेन्सीमार्फत चार्टर्ड गरेको देखिएको छ भने काठमाडौंबाट पोखरा पुगेको र पोखराबाट काठमाडौं फर्किएको खर्चसमेत निगमले व्यहोरेको पाइएको छ ।

    विमान चार्टर्ड गर्ने बेला प्रचलित चार्ज १७३० डलर हुनुपर्नेमा १३१० प्रति ब्लक आवरमा सम्झौता गरेको बताइएको छ । यस्तै, तेल चार्जको हिसाबले विमानको चार्टर्डमा मात्र निगमलाई १७ हजार डलरभन्दा बढी घाटा भएको छ । यसबाहेक उडान कर्मचारीको खर्च र काठमाडौंबाट पोखरा र पोखरा–काठमाडौं दैनिक विमान आवत–जावतको खर्चसमेत निगमले भरेको पाइएककको छ ।

    गत ३ मे २०२२ देखि लागू भएको चार्टर्ड सम्झौता मे महिनासम्म लागू हुने भनिएपनि स्थानीय तह निर्वाचनका कारण निगमले केही अगाडि सम्झौता रद्द गरेको थियो । तर, सम्झौता रद्द गर्नअघि चैत मसान्तसम्म शुभ ट्राभल्सले पोखरा–जोमसोम–पोखरा करिब ३३ घण्टा चार्टर्डड उडान गरेको देखिएको छ ।

    काठमाडौं–लुक्ला–काठमाडौं ४ घण्टा र पोखरा–भैरहवा–पोखरासमेत गरी जम्मा ३८ घण्टा चार्टड्ड उडान गरेबापत निगमलाई ५० हजार २१७ डलर तिरेको थियो ।दृष्टि 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology