Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • ०९:५७:३९ बजे
  • 868
    SHARES
  • प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

    नेपाली कांगे्रसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्नुभएको थियो ।

    images

    युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो ।

    यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा, उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी हुनुभएको छ ।

    युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology