Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ : सांसद दाहाल

विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ : सांसद दाहाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • १३:२१:०८ बजे
  • 763
    SHARES
  • विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ : सांसद दाहाल

    राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन् ।

    images

    उनले आज राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नु पर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने ।

    विश्वका कुनै पनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने उनले बताए ।

    नागरिकता सम्बन्धी विधेयक छलफलको लागि आज गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा पेश गरेका छन् । सही विधेयकमाथि छलफलका क्रममा दाहालले विधेयकमा केही कुरा थप्न भनेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology