Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मुद्वारा सपथ ग्रहण

भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मुद्वारा सपथ ग्रहण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • १४:३०:०२ बजे
  • 583
    SHARES
  • भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मुद्वारा सपथ ग्रहण

    द्रौपदी मुर्मुले भारतको १५औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् ।

    images

    द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ दिलाएका छन् । द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् ।

    भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर राष्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् । भारतको पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् ।

    सन्थाल जातिकी अल्पसंख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ ।

    राजनीतिमा प्रवेश गर्नुअघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।

    यसै साता राष्ट्रपतिका लागि भएको निर्वाचनमा मुर्मुले दुई हजार आठसय २४ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए ।

    निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो, जसमा ५३ मत बदर भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology