Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दोस्रो महामारीका लागि तयारी रहन डब्ल्युएचओ प्रमुखको चेतावनी

दोस्रो महामारीका लागि तयारी रहन डब्ल्युएचओ प्रमुखको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • १६:३५:४२ बजे
  • 2.0K
    SHARES
  • दोस्रो महामारीका लागि तयारी रहन डब्ल्युएचओ प्रमुखको चेतावनी

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानामले सोमबार संसारभरका मानिस दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेका हुन् ।

    images
     

    दोस्रो महामारी पूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उनले संसारभरका सबै देशलाई आग्रह पनि गरेका छन् । त्यसो नभएमा विश्वमा दोस्रो महामारीले कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उनको भनाइ छ ।

    डा.टेड्रोसले कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएको बताए । सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताएका छन् ।

    डब्ल्युएचओको मुख्यालय जेनेभामा पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको विश्व व्यापी महामारी नै अन्तिम महामारीका रुपमा बुझ्न नहुने बताए । उनले भने, 'इतिहासमा कयौँ महामारी आएको हामीले आधार हेरेका छौँ । यो महामारी जीवनको सच्चाइ हो । यो प्रक्रिया समाप्त हुँदैन । यो समाप्त नहुँदै दोस्रो महामारीको खतरा पनि बढेको छ । त्यसैले हामीले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गर्नुपर्छ ।'

     

    संसारभरका देशले सम्भावित महामारीको भ्याक्सिन र औषधिमा मिलेर अनुसन्धान गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले भने, 'सार्वजनिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै लगानी गर्न आवश्यक छ । भ्याक्सिन र औषधिलाई तत्काल उत्पादन गरेर बजार लैजाने व्यवस्था गर्नुपर्छ । कुनै पनि महामारी फैलिँदासाथ हामीले नियन्त्रण गर्न सक्नेगरी तयारी गर्नु वुद्धिमता हुन्छ ।'

    डब्ल्युएचओका विशेषज्ञ माइक रयानले यो वर्षको अन्तिमसम्म कुनै पनि देशको कोरोनाविरुद्धको भ्याक्सिन बजारमा नआउने प्रष्ट पारेका छन् । उनले भने, 'हामीले विश्वास गरेका थियौँ, अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन आउँछ भन्ने । तर, त्यो आशा समाप्त भएको छ । अनुसन्धान भने तिब्र गतिमा भइरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउन नयाँ वर्ष लाग्नुपर्छ । यो वर्षको अन्तिममा भ्याक्सिन बजारमा आउने सम्भावना छैन ।'

    डब्ल्युएचओले सन् २०२१ को सुरुवाती महिनामै भ्याक्सिन आउने सम्भावना रहेको जनाएको छ । माइक रयान कोरोनाविरुद्धको भ्याक्सिन संसारभर पुरयाउनका लागि डब्ल्युएचओबाट समन्वय गर्ने अधिकारी पनि हुन् । उनले ढिलोगरी भए पनि भ्याक्सिनले आशा जगाएको बताएका छन् । निराश हुनुभन्दा कोरोनाबाट बच्नका लागि विभिन्न उपायको अवलम्वन गर्न उनको सुझाव छ ।

     

    डब्ल्युएचओले छिटो बजारमा ल्याउने उद्देश्यले निर्माण गरेका भ्याक्सिनलाई मान्यता नदिने प्रष्ट पारेको छ । सबै प्रक्रियाको पालना गरेर आउने भ्याक्सिनले मात्रै मान्यता पाउने उनको भनाइ छ । डब्ल्युएचओका अनुसार ३७ वटा भ्याक्सिन अहिले विभिन्न क्लिनिकल परीक्षणको अवस्थामा रहेका छन् । १ सय ८८ भ्याक्सिनलाई डब्ल्युएचओले निगरानी गरिरहेको छ । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणमा रहेको डब्ल्युएचओले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology