Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लवसहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा

विप्लवसहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • १७:१६:०१ बजे
  • 973
    SHARES
  • विप्लवसहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा

    चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    images

    विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादीले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।

    साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

    त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने एक नेताले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology