Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीनवटै सेना प्रमुखसहित भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक

तीनवटै सेना प्रमुखसहित भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • १६:३९:५६ बजे
  • 2.0K
    SHARES
  • तीनवटै सेना प्रमुखसहित भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक

    एजेन्सी । भारत-चीन सीमा क्षेत्रमा गएराति फायरिङ भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज इमेरजेन्सी बैठक बोलाएका छन् । भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
     

    इमेरजेन्सी बैठकमा रक्षामन्त्री सिंहले सिडिएस एवं पूर्व सेना प्रमुख बिपिन रावत र तीनवटै सेनाका प्रमुखसँग चीनसँगको सीमा क्षेत्रमा भइरहेका क्रियाकलाप र अबको रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् ।

    भारतीय सेनाले गएरातिको घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सेनाले सुरुमा फायरिङ गरेको र त्यसको जवाफ दिइएको जनाएको छ । विज्ञप्तिमा चीनले आफूहरुलाई उत्तेजनामा ल्याउनका लागि उत्तेजक गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।

    चिनियाँ जनमुक्ति सेनाले भने भारतीय आरोपको खण्डन गर्दै भारतले एकतर्फी फायरिङ गरेको जनाएको छ ।

    भारत-चीनबीच सीमा क्षेत्रमा गोली हानाहान : ४५ वर्षपछि सीमा क्षेत्रमा दुबैतर्फबाट फायरिङ

    भारत-चीन सीमा क्षेत्र पूर्वी लद्दाखको अवस्था असामान्य बनेको छ । गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् ।

    सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक फायरिङ भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् । आफ्नो शक्ति सीमा क्षेत्रमा खटाएका छन् ।

    चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको छ ।

     

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology