Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चर्चित गायक प्रमोद खरेल र गायिका मेचु धिमाल कुवेत आउदै

चर्चित गायक प्रमोद खरेल र गायिका मेचु धिमाल कुवेत आउदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १२, २०७९ बिहिवार • ००:५८:४३ बजे
  • 4.3K
    SHARES
  • चर्चित गायक प्रमोद खरेल र गायिका मेचु धिमाल कुवेत आउदै

    कुवेत - चर्चित गायक तथा द भ्वाईस अफ नेपालका कोच प्रमोद खरेल र द भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल सांगीतिक कार्यक्रमका लागि कुवेत आउने भएका छन ।

    images

    नेपाल कुवेत सरोकार समाजले हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा आयोजना गर्न लागेको चौथो सांगीतिक धमाकाको लागि आगामी ३० सेप्टेम्बर २०२२ का दिन गायक प्रमोद खरेल र गायिका तथा मोडल मेचु धिमाल कुवेत आउने नेपाल सरोकार समाज कुवेतले मयूरपाटीलाई जानकारी दिएको छ ।

    नेपाल कुवेत सरोकार समाजले हरेक बर्षमा हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ । नेपाल कुवेत सरोकार समाजले प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न चौथो सांगीतिक धमाका गर्न लागेको छ । प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक कार्य पनि गर्दै आइरहेको छ । समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथि कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योतिमगर, राजेश पायल राईको साथमा भब्य सांगीतिक कार्यक्रम गरी सकेको छ ।

    वडा दशैको विशेष सांगीतिक धमाका कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल विभिन्न संघ - सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलादमी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाईतथा दिदिबहिनीहरु उपस्थित भई  कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ । उक्त दिन कुवेतमा कृयाशिल संघ - सस्थाले कुनै पनि कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रहगरेको छ ।

    सांगीतिक धमाका कार्यक्रम निम्न मिति सयम र स्थानमा हुनेछ ।

    मिति :- ३० सेप्टेम्बर २०२२ , शुक्रबार

    समय :- दिनको ठीक ११ बजे

    स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत

    आयोजक :-  नेपाल कुवेत सरोकार समाज

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology