Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटनाग्रस्त, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटनाग्रस्त, दुई पाइलटको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७९ शुक्रवार • ०९:३४:५० बजे
  • 733
    SHARES
  • भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटनाग्रस्त, दुई पाइलटको मृत्यु

    भारतीय वायुसेनाको मिग-२१ लडाकु विमान राजस्थानको बारमेर जिल्लामा बिहीबार राति दुर्घटनाग्रस्त भएको छ ।

    images

    समाचार एजेन्सी पीटीआईले बारमेरका जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने कि घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो ।

    एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए ।

    वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका छन् । विमानमा दुई जना पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।

    एएनआईका अनुसार वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology